Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इजरायली सेनाद्वारा हमास कमाण्डरमाथि कारबाही गरेको दाबी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १३ शनिबार | रासस/एएफपी

इजरायली सेनाले शनिबार गाजाको अस्पताल परिसरभित्र एक हमास कमाण्डरमाथि प्रहार गरेको बताएको छ। गाजास्थित स्वास्थ्य अधिकारीहरूले अन्यत्र भएका इजरायली आक्रमणहरूमा तीन जनाको मृत्यु भएको जनाएका छन् ।

सन् २०२५ अक्टोबरमा लागू भएको अमेरिका समर्थित युद्धविरामका बाबजुद युद्धले ध्वस्त बनाएको यस क्षेत्रमा हमासविरूद्धको यो पछिल्लो आक्रमण हो । इजरायलले आफूले आतङ्कवादी लडाकु भनेका प्यालेस्टिनीहरूलाई निरन्तर निसाना बनाइरहेको छ ।

सेनाले मध्य शहर देइर अल–बलाहस्थित अल–अक्सा शहीद अस्पतालको परिसरभित्र ‘लुकेर बसेका’ हमास कमाण्डरमाथि प्रहार गरेको बताएको छ तर उहाँ मारिएको वा नमारिएको तत्काल पुष्टि नभएको बताइएको छ । 

नाम नखुलाइएका उक्त कमाण्डरले ‘आईडीएफ सैनिक र इजरायली नागरिकहरूमाथि आक्रमण अघि बढाएको’ आरोपमा अस्पताल भवनहरूसँग जोडिएको संरचनामा प्रहार भएको सेनाले जनाएको छ ।

अस्पतालले प्रसूति वार्ड नजिकै गोदाम छेउमा भएको इजरायली आक्रमणमा तीन जना घाइते भएको रिपोर्ट गरेको छ ।

सेनाले ‘नागरिकहरूलाई जोखिम कम गर्न कदम चालिएको’ बताउँदै दुई दिनअघि गाजाका मेडिकल अधिकारीहरूलाई ‘चिकित्सा सुविधाहरू आतङ्कवादी प्रयोजनका लागि प्रयोग नगर्न’ चेतावनी दिएको बताएको छ । 

दिनभरि अल–अक्सा अस्पतालले शहरको पूर्वी क्षेत्रमा इजरायली गोलीबारीबाट एक जनाको मृत्यु भएको रिपोर्ट गरेको थियो।

इजरायली सेनाले ती रिपोर्टहरू जाँच गरिरहेको बताएको छ।

गाजा सिटीमा हमासअन्तर्गत उद्धार बलका रूपमा काम गर्ने नागरिक रक्षा निकायले तेल अल–हवा बस्तीको चोक नजिकै भएको इजरायली आक्रमणमा दुई जनाको मृत्यु र थप केही घाइते भएको जनाएको छ।

इजरायली सेनाले उक्त क्षेत्रमा ‘सैन्य अपरेटिभ’ माथि प्रहार गरेको बताएको छ ।

अक्टोबरमा अमेरिकाको मध्यस्थतामा घोषणा भएको युद्धविरामका बाबजुद इजरायलले गाजामा आक्रमण जारी राखेको छ र आफ्ना सेनाहरू थप अघि बढाएको छ । इजरायलले सन् २०२३ अक्टोबर ७ मा इजरायलविरुद्ध अकल्पनीय आक्रमण गरेका हमासबाट आउने खतरा समाप्त पार्नुपर्नेमा जोड दिएको छ। 

युद्धविराम लागू भएदेखि गाजामा इजरायली अपरेसनबाट कम्तीमा एक हजार ३१३ जनाको मृत्यु भएको प्यालेस्टिनीे स्वास्थ्य मन्त्रालयले जनाएको छ। उक्त मन्त्रालय हमास प्राधिकारअन्तर्गत सञ्चालित छ र संयुक्त राष्ट्रसङ्घले यसका तथ्याङ्कलाई विश्वसनीय मान्छ।

विगत २४ घण्टामा इजरायली सेनाले आफ्ना पाँच जनाको मृत्यु र एक नागरिक ठेकेदारको मृत्यु भएको रिपोर्ट गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan