Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

इरान अमेरिकासँग सावधानीपूर्वक वार्ता गर्न चाहान्छः राष्ट्रपति पेजेस्कियन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १३ शनिबार | (रासस/सिन्ह्वा):

इरानका राष्ट्रपति मसूद पेजेस्कियनले इरानले संयुक्त राज्य अमेरिकासँग सावधीपूर्वक वार्ता गर्न तयार रहेको बताउनुभएको छ । तेहरानले आफ्नो प्रतिबद्धतालाई सम्मानपूर्वक पालना गर्ने कुरामा जोड दिँदै अमेरिकी पक्षले पनि सोही बमोजिम गर्नु पर्ने उहाँले जनाउनु भएको छ । 
 
    पेजेस्कियनले शुक्रबार राति प्रसारण गरिएको टेलिभिजन अन्तर्वार्तामा टिप्पणी गर्दै जारी कूटनीतिक प्रयासहरूले गत जुनमा इरान र संयुक्त राज्य अमेरिकाले हस्ताक्षर गरेको शान्ति समझदारी ज्ञापनपत्र (एमओयू) लाई पुनर्जीवित गर्न र इरानको अधिकार पुनस्र्थापना गर्न सक्छ भन्ने प्रश्नको जवाफमा यस्तो बताउनुभएको हो ।

    दुवै पक्षले आफ्ना सबै उद्देश्यहरू हासिल गर्न नसक्ने स्वीकार गर्दै यदि इरानको कार्यहरू अर्को पक्षबाट पारस्परिक साथ पाए “हामी अगाडि बढ्न सक्छौँ” इरानी राष्ट्रपति पेजेस्कियनले  भन्नुभयो । 

    एमओयू अन्तर्गत, संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध नौ सैनिक नाकाबन्दी, तेल र पेट्रोकेमिकल प्रतिबन्धहरू हटाउने र इरानी सम्पत्तिहरू मुक्त गर्ने अपेक्षा गरिएको थियो ।

    पेजेस्कियनले सम्झौता कार्यान्वयन भइरहेको अवधिमा इरानले करिब नौ करोड ब्यारेल तेल निर्यात गरेको बताउनुभएको छ ।

“आफैँले तयार गरेको एमओयूप्रति हामी प्रतिबद्ध भए पछि मात्र वार्ताको टेबलमा हामी उनीहरूसँग प्रत्यक्ष कुरा गर्न सक्छौँ”, उहाँले बताउनुभयो । 

    जुन १८ मा अमेरिका र इरानले लेबनानसहित सबै मोर्चामा युद्ध अन्त्य गर्ने सम्झौतामा हस्ताक्षर गरेका थिए । एमओयू अन्तर्गत उनीहरूले ६० दिनभित्र वार्ता गर्ने तालिका थियो, जुन अगस्त १७ मा समाप्त भयो ।

    गत महिना दुई देशबीच नयाँ तनाव बढेपछि वार्ताको प्रक्रिया रोकिएको छ । अमेरिकी अपरेसनपछि इरानले घरेलु आर्थिक दबाबसँग जुधिरहेको समयमा पेजेस्कियनको यस्तो टिप्पणी आएको हो ।  

    छुट्टै सन्देशमा शुक्रबार इरानी सर्वोच्च नेता मोजताबा खमेनीले मुद्रास्फीति, बेरोजगारी र मूल्य र बजारको व्यवस्थापनलगायत आर्थिक र जीविकोपार्जनका चुनौतिहरूमा ‘गम्भीर’ ध्यान दिन आह्वान गर्नुभएको छ । 

    इरानमा बलियो आर्थिक वृद्धि, बढ्दो लगानी र उत्पादन बढाउन आवश्यक रहेको बताउँदै खमेनीले देशको आर्थिक कठिनाइहरूलाई सम्बोधन गर्न घरेलु उत्पादनमा निर्भरतालाई बढाउनु पर्ने उल्लेख गर्नुभएको छ । उहाँले जहाँ घरेलु उत्पादनले माग पूरा गर्न सक्दैन, त्यहाँ आयातलाई “उचित र बुद्धिमानीपूर्वक” प्रयोग गर्नुपर्नेसमेत बताउनुभएको छ ।

    खमेनीले राष्ट्रिय एकता कायम राख्न र सामाजिक एकताको रक्षा गर्न  आह्वान गर्दै निराशामा पुर्याउने र सार्वजनिक प्रेरणालाई कमजोर पार्ने भाषाहरू प्रयोग नगर्न चेतावनी दिनु भएको छ ।

    इरानमाथि बढ्दो अमेरिकी आर्थिक दबाबको बीचमा उक्त टिप्पणी आएको हो । यस महिनाको सुरुमा, राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग आर्थिक कारेबार गर्ने कुनै पनि देशविरुद्ध आर्थिक अपरेसन घोषणा गर्नुभएको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan