Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नाइजेरियाको जेलमा रहेका पत्रकार  १० महिनापछि रिहा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १३ शनिबार | (रासस/एएफपी)

नाइजरको राजधानी नियामको निजी टेलिभिजन स्टेसन साराउनियाका एक पत्रकारलाई दश महिना हिरासतमा राखेर शुक्रबार रिहा गरिएको टेलिभिजन च्यानलले जनाएको छ ।

    नाइजेरियाली पत्रकार सङ्गठनका अनुसार इब्रो चाइबोउ सैन्य शासनद्वारा पूर्व–परीक्षण हिरासतमा राखिएको अन्तिम पत्रकार थिए ।

    नाइजर सन् २०२३ देखि एउटा जुन्टाद्वारा सञ्चालित रहेको  छ भने गैरसरकारी संस्थाहरूद्वारा नियमित रूपमा प्रेस स्वतन्त्रता उल्लङ्घन गरेको आरोप लगाइएको छ ।

    सहकर्मी इब्रो चाइबोउले दश महिना जेल परेपछि स्वतन्त्रता पुनः प्राप्त गरेको  साराउनिया च्यानलले विज्ञप्तिमार्फत जनाएको छ ।

    उहाँलाई नियामेबाट करिब ५० किलोमिटर दक्षिणपश्चिममा रहेको कोल्लो जेलमा राखिएको थियो ।

    चाइबोउ सातजना पत्रकारहरू मध्ये एक थिए जसलाई गत नोभेम्बरमा सार्वजनिक व्यवस्थामा खलल पार्न सक्ने कागजातको प्रसारमा संलग्नता रहेको आरोपमा पक्राउ गरिएको थियो । 

    प्रहरी हिरासतमा राखिएपछि सारौनियाका निर्देशक मौसा काकासहित चार जनालाई आरोप लगाइएको थियो तर अन्य तीन जनालाई यस अघिनै जमानतमा रिहा गरिएको जनाइएको छ । 

    अन्य तीन जना–चाइबोउ, युसुफ सेरिबा, अनलाइन प्रकाशन लेस इकोस डु नाइजरका प्रधानसम्पादक र ले हेरिसन अखबारका निर्देशक ओमारौ केनलाई जेल चलान गरिएको थियो । सेरीबा र केनलाई जुलाईमा अस्थायी रूपमा रिहा गरिएको थियो ।

    गिरफ्तारीहरू जनताबाट आर्थिक सहयोगको आह्वान गर्न सेनाले सिर्जना गरेको कोषद्वारा सरौनियालाई पठाइएको सूचनाको निमन्त्रणा चुहावटसँग जोडिएको थियो ।

    सूचना सामाजिक सञ्जालमा आएपछि अपदस्थ नागरिक राष्ट्रपति मोहम्मद बाजोमका सहयोगीहरूले शासनको आलोचना गर्न प्रयोग गरेको जनाइएको छ ।

    संयुक्त राष्ट्रसङ्घका अनुसार गत वर्ष मात्र नाइजेरिमा १३ जना पत्रकारलाई पक्राउ गरिएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan