Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अमेरिकाले इजिप्टको बैङ्कमाथि कारोबारमा सीमा लगाउने घोषणा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १२ शुक्रबार | (रासस/एएफपी)

इजिप्टको प्रमुख बैङ्कको संयुक्त अरब इमिरेट्स (यूएई) मा रहेका शाखाहरूलाई अमेरिकी अर्थ मन्त्रालयले अमेरिकी वित्तीय प्रणालीबाट काट्ने तयारी गरेको एक अधिकारीले शुक्रबार पुष्टि गरेका छन् । यसले वासिङ्टनले इरानलाई आर्थिक रूपमा ‘घेरा हाल्ने’ प्रयासलाई अगाडि बढाएको देखाउँछ ।

    यो कदमले इजिप्टको दोस्रो ठूलो बैङ्क ‘बाङ्क मिस्र’का यूएई शाखाहरूलाई असर गर्नेछ र तिनीहरूको अमेरिकी वित्तीय संस्थाहरूसँगको बैङ्किङ पहुँच अवरुद्ध गर्नेछ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले यस साता इरानको ‘आर्थिक सञ्चार रोक्ने’ योजना प्रस्तुत गर्नुभएको थियो । तेहरानविरुद्धको युद्ध सुरु भएको छ महिना बितिसक्दा यो अहिले गतिरोधको अवस्थामा छ ।

    ट्रेजरी विभागको यो कारबाही एक महिनाको सार्वजनिक टिप्पणी अवधिपछि मात्र लागू हुनेछ । फाइनान्सियल टाइम्सले पहिलो पटक रिपोर्ट गरेको विज्ञप्तिमा बेसेन्टले भन्नुभएको छ, “वासिङ्टनले ‘इरानका सहयोगीहरूले अमेरिकी डलर र विश्वव्यापी वित्तीय प्रणालीको पहुँच निरन्तर उपभोग गर्न नसक्ने चेतावनी दिएको थियो ।”

    “बाङ्क मिस्र, यूएई’ले कठिन तरिकाले थाहा पाउने निर्णय ग¥यो र आज हामी यसलाई इरानी शासनलाई निरन्तर, घोर समर्थन गरेबापत जवाफदेही बनाउने पहिलो कदम चालिरहेका छौँ,” उहाँले थप्नुभयो । फेब्रुअरीको अन्त्यतिर अमेरिका–इजरायलको इरानमाथि आक्रमणपछि तेहरानले हर्मुज जलडमरूमध्यमार्फत अधिकांश यातायात अवरुद्ध गरेर जवाफी कारबाही ग¥यो भने मध्यपूर्वलाई युद्धमा धकेल्यो ।

    यो जलमार्ग विश्वव्यापी ऊर्जा यातायातको महत्त्वपूर्ण मार्ग हो, जसले विश्वव्यापी तेलको मूल्य आकाशिएको थियो । बेसेन्टले संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध ‘इकोनोमिक डी–डे’ घोषणा गरेको बताउनुभयो र अभियानमा सामेल नहुने देशहरूका लागि कठोर परिणामको चेतावनी दिनुभयो । 

    ट्रेजरी प्रमुखले यस साता भन्नुभएको थियो, “राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि विश्वका नेताहरूलाई तेहरानसँगको सम्बन्ध रोक्न आग्रह गर्दै सम्पर्क गरिरहेको छ ।” बेसेन्टले स्वयं अर्को साता नर्थ क्यारोलिनाको आशेभिलमा हुने वार्ताका क्रममा जी–२० का समकक्षीहरूलाई द्विपक्षीय बैठकमा यसबारे प्रत्यक्ष अपील गर्नुहुनेछ । 

    शुक्रबारको यो प्रयासले ट्रम्प प्रशासनले ठूला लक्ष्यहरूमा निसाना लगाउन भोगिरहेका चुनौतीहरूलाई उजागर गरेको देखिन्छ । उदाहरणका लागि बेइजिङ इरानी तेलको महत्त्वपूर्ण खरिदकर्ता हो। युद्धअघि तेहरानले दैनिक लाखौँ ब्यारेल तेल निर्यात गथ्र्यो, जसमध्ये अधिकांश चीन जान्थ्यो ।

    चीनका संस्थाहरूलाई निसाना बनाउने कदमले भने विश्व अर्थतन्त्रमा असर पार्न सक्ने र सेप्टेम्बरमा चिनियाँ राष्ट्रपति सी जिनपिङको अमेरिकी राजधानी भ्रमणअघि वासिङ्टन र बेइजिङबीचको सम्बन्धमा तनाव बढाउन सक्ने देखिएपछि अन्य लक्ष्य अमेरिकाले निर्धारण गरेको देखिन्छ । अर्थ मन्त्रालयले शुक्रबार इरानको बैङ्क मेल्लीको दुबई शाखाका प्रबन्धकलाई प्रतिबन्ध लगाउने र प्रतिबन्धित ‘इरानी एक्सचेन्ज हाउस’का लागि रकम चोख्याउन मद्दत गर्ने हङकङस्थित एक कम्पनी’ लाई पनि प्रतिबन्ध लगाउने घोषणा गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan