गाजा आक्रमणले बालबालिकाको मृत्यु र पूर्वाधारमा क्षति पुग्ने राष्ट्रसङ्घको चेतावनी
संयुक्त राष्ट्रसङ्घका मानवतावादीहरूले गाजामा जारी आक्रमणमाथि चिन्ता व्यक्त गर्दै आक्रमणमा नागरिक, र बालबालिकाहरू मारिनुका साथै मानवीय आपूर्ति र पूर्वाधारलाई क्षति पुर्याइरहेको तथा प्रमुख आपूर्तिको प्रवेश प्रतिबन्धित गरिएको जनाएका छन् ।
संयुक्त राष्ट्रसङ्घीय बाल कोष ९युनिसेफ० ले पछिल्लो पाँच दिनमा २ देखि १६ वर्षका चार जना बालबालिकाको मृत्यु भएको बताएको छ । जसमा गतहप्ता भएको आक्रमणमा घाइते भएका एक जनाको मृत्यु भएको थियो । यसैगरी ८ देखि १७ वर्षका अन्य पाँच जना हवाई आक्रमणपछि प्रत्यक्ष आगो र गोलीको चपेटामा परी घाइते भएकोसमेत युनिसेफले जनाएका थिए ।
आक्रमणमा ४५ हजारभन्दा बढी बालबालिका, गर्भवती महिला र स्तनपान गराउने आमाहरूका लागि सात लाख ७० हजार अमेरिकी डलर मूल्यको युनिसेफ पोषण आपूर्ति पनि नष्ट गर्नुका साथै मानवीय साझेदारको गोदाममापनि भारी क्षति पुर्याएको युनिसेफले जनाएको छ ।
सोमबार भएको आक्रमणमा देइर अल–बलाहमा चार हजार भन्दा बढी मानिसहरूलाई सेवा दिने युनिसेफको पानीको कुवा र वितरण सुविधा नजिकै भएकोको आक्रमणबाट गम्भीर रूपमा क्षतिग्रस्त भएको छ । आल ममानवीय साझेदारहरूले अन्य स्रोतहरूबाट ट्रकद्वारा पानी आपूर्ति गरिरहेका छन् ।
नागरिक र नागरिकका लागि अत्यावश्यक वस्तुहरू–मानवीय सुविधाहरू र पूर्वाधार सँधै सुरक्षित हुनुपर्ने मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घको कार्यालय ९ओसिएएचए० ले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घ र यसका साझेदारहरूले विस्फोटक खतराहरूको मूल्याङ्कन गरी चिन्ह लगाइरहेका छन् । मानिसहरूलाई सुरक्षा उपायहरूको बारेमा शिक्षित गर्दै र सहयोगका लागि प्रभावितहरूलाई बुझाउँदै गरेको ओसिएएचएले जनाएको छ । तर, आवश्यक उपकरण ल्याउन र विस्फोटक हतियार हटाउन भने अनुमति नदिइएको ओसिएएचले जनाएको छ ।
बिहीबार, रफाहमा निर्धारित पहेँलो रेखा पार गर्दै केरेम शालोम ९कारेम अबु सलेम० सीमाबाट इन्धन लिएर फर्केको संयुक्त राष्ट्रसङ्घको टोलीको करिब ३० मिटर टाढा विस्फोटक पदार्थ विस्फोट भएको थियो ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले गत हप्ता गाजाबाट राफाह र केरेम शालोम÷कारेम अबु सलेम सिमामार्फत १९ बालबालिका र १३२ साथीहरूसहित १०६ बिरामीहरूलाई बाहिर निकाल्न सहयोग गरेको बताउनुभएको छ ।
सन् २०२३ अक्टोबर देखि १३ हजारभन्दा बढी बिरामीहरू र १६ हजार साथीहरूलाई बाहिर निकालिएको तर हजारौँ अझै पनि चिकित्सा निकासीको प्रतीक्षामा रहेको जनाउँदै टेड्रोसले समयमै उपचार सुनिश्चित गर्न धेरै सीमाहरुमार्फत दिगो पहुँच आवश्यक रहेको बताउनुभएको छ ।
ओसिएइचएले वेस्ट ब्याङ्कको जेनिनमा घातक ड्रोन आक्रमण भएको पनि रिपोर्ट गरेको छ । आक्रमण पुष्टि भयो भने वेस्ट ब्याङ्कमा यो महिनामा भएको पहिलो घातक हवाई आक्रमण हुनेछ ।
