Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तिब्बत पहिरोपीडितको उद्धारमा सीको निर्देशन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १२ शुक्रबार | रासस÷सिन्ह्वा

चीनका राष्ट्रपति तथा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव सी जिनपिङले तिब्बतको जिराङ काउन्टीमा भएको विनाशकारी पहिरोमा बेपत्ता चिनियाँ तथा विदेशी नागरिकको खोजी तथा उद्धारलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । उहाँले प्रभावितको पुनःस्थापना र राहत कार्यलाई प्रभावकारी बनाउन पनि जोड दिनुभएको छ ।

    सिपिसी केन्द्रीय समितिको राजनीतिक ब्युरोको शुक्रबार बसेको बैठकमा राष्ट्रपति सीले उद्धार तथा राहत कार्यबारे छलफल गर्दै आवश्यक व्यवस्था गर्नुभएको हो । बैठकको सुरुआतमा सीसहित नेताहरूले बुधबार गाइरोङ सीमावर्ती बन्दरगाह क्षेत्रमा भएको विपद्का पीडितप्रति शोक व्यक्त गर्दै एक मिनेट मौनधारण गर्नुभएको थियो ।

    बैठकले उद्धार कार्यलाई द्रुत, व्यवस्थित र समन्वयात्मक रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । परिवर्तनशील मौसम, भिरालो भूभाग, हिमनदी तथा हिमताल र सम्भावित भूगर्भीय जोखिमका कारण उक्त क्षेत्रमा उद्धार कार्य चुनौतीपूर्ण रहेको बैठकमा उल्लेख गरिएको छ ।

    सम्बन्धित सबै निकायले वैज्ञानिक ढङ्गले खोज तथा उद्धार योजना तयार गरी बेपत्ता सबै चिनियाँ तथा विदेशी नागरिकको खोजीमा सक्दो प्रयास गर्नुपर्नेमा बैठकले जोड दिएको छ । प्रभावित नागरिकको पुनःस्थापना तथा विपद्पछिको व्यवस्थापनलाई समेत प्रभावकारी बनाउन निर्देशन दिइएको छ ।

    चीनले नेपालको विपद् प्रभावित क्षेत्रमा आपत्कालीन सहायता उपलब्ध गराउनुका साथै आवश्यक अन्तर्राष्ट्रिय उद्धार सहयोग प्रदान गर्ने बैठकमा बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan