Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बेलायती सैन्य प्रतिष्ठानमा आक्रमण गर्ने रुसी चेतावनी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १२ शुक्रबार | रासस/एएनआई

युक्रेनले रुसी भूभागभित्र टाढासम्म प्रहार गर्न बेलायती लामो दूरीका क्रुज मिसाइल प्रयोग गरेमा युक्रेनभित्र र बाहिर रहेका बेलायती सैन्य प्रतिष्ठान तथा उपकरणमा आक्रमण गर्ने चेतावनी रुसले दिएको छ ।

    रुसी विदेश मन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले बिहीबार मस्कोमा आयोजित पत्रकार सम्मेलनमा बेलायतले आफ्नो वर्तमान नीति परिवर्तन नगरे ‘विनाशकारी परिणाम’ भोग्नुपर्ने चेतावनी दिनुभयो । उहाँले बेलायत नागरिक लक्षित ‘आतङ्कवाद’ मा संलग्न हुनबाट ‘एक कदम टाढा’ रहेको दाबी गर्दै बेलायती नेताहरूलाई शत्रुतापूर्ण र आक्रामक नीति तत्काल त्याग्न आग्रह गर्नुभयो ।

    रुसको चेतावनी युक्रेनले रुसी नियन्त्रणमा रहेको डोनेट्स्कस्थित सपिङ सेन्टरमा बेलायतले उपलब्ध गराएको स्टर्म स्याडो मिसाइलबाट आक्रमण गरेको आरोप लगाएको भोलिपल्ट आएको हो । उक्त आक्रमणमा बालबालिकासहित सर्वसाधारण घाइते भएको मस्कोको दाबी छ ।

    बेलायतका प्रधानमन्त्री एन्डी बर्नह्यामले अगस्ट २४ मा युक्रेनको स्वतन्त्रता दिवसका अवसरमा युक्रेन भ्रमण गरेपछि दुई देशबीचको तनाव थप बढेको हो । युक्रेन र फ्रान्सले स्थानीयस्तरमा मिसाइल उत्पादन तथा एसेम्बली लाइन स्थापना गर्ने प्रयास गरिरहेका बेला बेलायतले एससिएएलपी क्रुज मिसाइलमा प्रयोग भएका बेलायती सामग्रीसम्बन्धी वर्गीकृत सूचना सार्वजनिक हुन सक्ने विषयमा जानकारी दिएको थियो । एससिएएलपीको प्रहार क्षमता १५५ माइलभन्दा बढी रहेको बताइएको छ ।

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले नेटो सदस्य राष्ट्रमाथि आक्रमण गर्ने विषयमा आफूलाई कुनै चिन्ता नरहेको बताउनुभएको छ । उहाँले बिहीबार एक्सियोससँगको टेलिफोन अन्तर्वार्तामा रुस–युक्रेन युद्ध व्यापक क्षेत्रीय द्वन्द्वमा परिणत हुने आशङ्का नरहेको सङ्केत गर्नुभएको हो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan