Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नि:शुल्क स्वास्थ्य शिविरमा सर्वसाधारणले यसो भनपछि

न्यूजअभियान | प्रकाशित मिति : | २४२१ पटक हेरिएको

ठूलोसिरुवारी, सिन्धुपाल्चोक । कोरिया नेपाल मैत्री अस्पताल, ब्राईट नेपाल र अस्पताल स्वतन्त्र कर्मचारी यूनियनले कोटडाँडा, ठूलो सिरुवारीमा भू–कम्प पिडितहरुलाई निःशुल्क स्वास्थ्य शिविरका साथै औषधी वितरण गरेको छ ।

यस अघि पनि यसै गरि काभ्रेको चौबासमा निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण गरिएको ठूलोसिरुवारीको कोटडाँडामा २ सय ८३ जना र चौबासको कोड्कामा २५६ दुवै ठाउमाँ गरि जम्मा ५ सय ३९ जनालाई निःशुल्क जाँच र औषधी वितरण गरेका यस टोलीलाई दुवै ठाउँमा स्थानीय बासिन्दाले फुल माला लगाई भव्य स्वागत गरेका थिए ।

स्वास्थ्य शिविर पश्चात समेत त्यहाँका बिरामीहरुलाई अस्पतालले आवश्यक सहुलियत दिने कुरा अस्पतालका प्रशासन प्रमुख कैलाश प्रसाद देवले बताउनु भयो भने यसका लागि आवश्यक पहल यूनियनले पनि गर्ने कुरा कर्मचारी यूनियनका अध्यक्ष बच्चुराम थापाले बताउनु भएको छ । महा–भूकम्पबाट सबै जना प्रभावित भएपनि गर्भवती महिला, बृद्ध र बालबालिका बढी प्रभावित भएको कुरा ब्राईट नेपालका संयोजक पुनम देवले बताउनु भयो । यसका लागि विशेष कार्यक्रम ल्याउन आवश्यक रहेको उहाँ बताउनु हुन्छ ।

ठूलोसिरुवारीमा भएको निःशुल्क स्वास्थ्य शिविरमा डा. अर्जुन महर्जन, डा. मजेश प्रताप मल्ल, राजु क्षेत्री, सुनिता भट्टराई, सम्झना तामाङ्ग, सारदा श्रेष्ठ, सन्तोष मरासैनी, तुलसी कुवँर लगायतका टोलीले सेवा प्रदान गर्नु भएको थियो । यस टोलीलाई न्यूज अभियानका डाईरेक्टर तथा स्थानीयबासी श्री सागर श्रेष्ठ, देवी प्रसाद दुलाल, समाजसेवी टंक पाण्डेका साथै गा.वि.स. सचिव श्री दुर्गा प्रसाद ढुंगेल लगायतका टोलीले विषेश स्वागत गर्नु भएको थियो । गा.वि.स. ले अस्पताल ब्राईट नेपाल र यूनियनलाई प्रशंसा पत्र समेत प्रदान गरेका थिए ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan