Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १३ शनिबार | रासस

पर्सा, १३ भदौः हरिखेतान बहुमुखी कलेजले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि रु पाँच लाख सहयोग गरेको छ । 

    वीरगञ्जस्थित सामुदायिक शिक्षण संस्था सो कलेजले आज एक  कार्यक्रमकाबीच बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पाँच लाख रूपैयाँ सहयोग गरेको हो । 

    कलेज व्यवस्थापन समितिका सल्लाहकार जयप्रकाश खेतानले कलेजले सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको जानकारी दिनुभयो ।

    कलेज प्रमुख किशोरी रायले भन्नुभयो, “विपद्को समयमा शैक्षिक संस्थाहरूले पनि आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्नुपर्छ, त्यसैले पनि रसुवाको भोटेकोटेमा बाढी तथा पहिरो प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा पाँच लाख सहयोग गरेका छौँ ।”

    कलेजले गरेको आर्थिक सहयोगले विपद्बाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सहयोग पुग्ने अपेक्षा गरिएको छ । यो कलेज उद्योगी तथा समाजसेवी स्व विहारीलाल खेतानले आफ्ना छोरा स्व हरि खेतानको स्मृतिमा २०३८ सालमा स्थापना गरिएको हो । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan