Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १३ शनिबार | रासस

काठमाडौँ, १३ भदौः परराष्ट्रमन्त्री शिशिर खनाल र भेनेजुएलाका विदेश तथा अन्तरराष्ट्रिय व्यापारमन्त्री फेलिक्स प्लासेन्सियाबीच आज टेलिफोन वार्ता भएको छ । 

    वार्ताका क्रममा    मन्त्री प्लासेन्सियाले नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको छ । मन्त्री प्लासेन्सियाले भेनेजुएलाका राष्ट्रपति, सरकार तथा जनताकातर्फबाट बाढीबाट ज्यान गुमाएका नागरिकप्रति हार्दिक समवेदना व्यक्त गर्दै नेपालप्रति समर्थन र ऐक्यबद्धता व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिनुभयो ।

    मन्त्री प्लासेन्सियाले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति भेनेजुएला सरकार र जनताका तर्फबाट गहिरो दुःख व्यक्त गर्दै यस कठिन समयमा नेपालसँग आफ्नो देशको ऐक्यबद्धता रहेको बताउनुभएको थियो । 

    परराष्ट्रमन्त्री खनालले विपद्को यस कठिन घडीमा भेनेजुएलाका राष्ट्रपति तथा सरकारबाट व्यक्त गरिएको समर्थन, ऐक्यबद्धता र समवेदनाप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । मन्त्री खनालले बाढी तथा विपद्बाट प्रभावित नागरिकको खोज, उद्धार तथा राहतका लागि सरकारले आफ्नो नियन्त्रणमा रहेका सबै स्रोतसाधन परिचालन गरिरहेको जानकारीसमेत गराउनुभयो । 

    उहाँले प्रभावित सबै नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार र राहत वितरणलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan