Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशीमा फेरि बढ्यो पानीको बहाव, उच्च सतर्कता अपनाउन प्राधिकरणको आग्रह

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १२ शुक्रबार |

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवाको भोटेकोशी नदीमा पुनः पानीको बहाव बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

प्राधिकरणका अनुसार आज भोटेकोशी नदीमा पानीको बहाव केही बढेको सूचना प्राप्त भएको छ। यससँगै थप बाढी आउन सक्ने जोखिम रहेकाले भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा सावधानी अपनाउन आग्रह गरिएको हो।

विशेषगरी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा खटिएका सुरक्षाकर्मी, स्वयंसेवक तथा अन्य व्यक्तिहरूलाई जोखिमको अवस्था मूल्याङ्कन गरी उच्च सतर्कता अपनाउन प्राधिकरणले अनुरोध गरेको छ।

नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा रहेका सर्वसाधारणलाई समेत अनावश्यक रूपमा नदी आसपास नजान र जोखिम देखिएमा तत्काल सुरक्षित स्थानतर्फ जान प्राधिकरणले विशेष आग्रह गरेको छ।

यसअघि आएको भीषण बाढीबाट भोटेकोशी तथा त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति भएकाले पुनः पानीको बहाव बढेसँगै प्रभावित क्षेत्रमा थप जोखिम बढ्न सक्ने आकलन गरिएको छ।

प्राधिकरणले नदीको बहाव तथा मौसमको अवस्थालाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन, सुरक्षा निकाय तथा उद्धार टोलीलाई समेत सतर्क रहन आग्रह गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan