Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीका घाइते ५९ जनाको काठमाडौँका विभिन्न अस्पतालमा उपचार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १२ शुक्रबार | (रासस)

काठमाडौँ, १२ भदौः भोटेकोशी बाढीमा घाइते भएर उद्धार गरी काठमाडौँ ल्याएकामध्ये ५९ जनाको अहिले काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । 

    जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र काठमाडौँका अनुसार बाढी प्रभावित जिल्ला रसुवा, नुवाकोटलगायत जिल्लाका ८८ जना घाइतेको उद्धार गरी थप उपचारका लागि काठमाडौँ ल्याएको थियो । 

    केन्द्रका अनुसार तीमध्ये २९ जनाको काठमाडौँको विभिन्न अस्पतालमा उपचारपश्चात् ‘डिस्चार्ज’ भएर फर्किएका छन् । 

    शिक्षण अस्पताल महाराजगञ्ज अस्पतालमा तीन जना घाइतेको उपचार भइरहेको छ भने सो अस्पतालबाट उपचार गरेर ११ जना डिस्चार्ज भएका छन् ।

    त्यस्तै, राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि ल्याइएका ३१ जनामध्ये १२ जना उपचारपश्चात् डिस्चार्ज भएका छन् । 

    वीरअस्पतालमा छ जना उपचारका लागि भर्ना भएकामा पाँच जना उपचारपछि डिस्चार्ज भएका छन् । 

    त्यस्तै, मनमोहन हस्पिटलमा दुई जना र ग्रीनसिटी अस्पतालमा एक जनाको उपचार भइरहेको छ । नर्भिक अस्पतालमा दुई जना घाइतेको उपचार भइरहेको छ । 

    मनमैजु शुभम् अस्पताल र नेपाल मेडिकल कलेजमा एक÷एक जनाको उपचार भइरहेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan