Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीः मकवानपुरका चारको शव पहिचान, छ जनाको उद्धार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १३ शनिबार |

हेटौँडा, १२ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएकामध्ये मकवानपुर जिल्लाका चार जनाको शव फेला परी सनाखत र छ जनाको उद्धार गरिएको छ ।

    सनाखत भएकामा हेटौँडा उपमहानगरपालिका–१५ का सुमन गोले र रेशम मगर, हेटौँडा–५ का उद्धव खड्का तथा धादिङको थाक्रे गाउँपालिका–८ फोगटपुर घर भई मकवानपुरको थाहा नगरपालिकामा बस्दै आएका राजकुमार आलेमगर रहेका सहायक प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।

    यसैबीच नेपाली सेनाले उद्धार गरेकामा सन्तबहादुर स्याङ्तान, दिलबहादुर स्याङ्बो, भीमलाल पहरी, सागर पहरी, अभिषेक पहरी र ताराबहादुर रानामगर रहनुभएको छ ।

    जिल्ला प्रशासन कार्यालयमा आजसम्म सम्पर्कविहीन भनी विवरण प्राप्त भएका मकवानपुरका ७५ जनाको अवस्था यकिन गर्न सरोकारवाला निकायसँग निरन्तर समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan