Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीः पोखराका १० जना सम्पर्कविहीन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार | (रासस)

कास्की, ११ भदौः रसुवाको भोटेकोशीमा बुधबार बिहान आएको बाढीपछि पोखराका १० जना सम्पर्कविहीन भएका छन् । जिल्ला प्रशासन कार्यालयमा प्राप्त जानकारीका आधारमा सम्पर्कविहीन व्यक्तिहरूको विवरण सङ्कलन गरी खोजी कार्यका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । 

    सम्पर्कविहीन हुनेमा महिला र पुरुष समान पाँच/पाँच जना छन् । पोखरा-१७ की सविना पौडेल, पोखरा-१५ का छमप्रकाश थापा र मनु बुढा, पोखरा-५ की सृष्टि बास्तोला, पोखरा-६ का अभिषेक आचार्य, पोखरा-१२ का लिलाबहादुर थापा र सुमन श्रेष्ठ, पोखरा-१५ की देवीकुमारी गुरुङ, पोखरा-१३ की विनु गुरुङ तथा पोखरा-१४ का गोविन्दबहादुर अधिकारी रसुवाबाट सम्पर्कविहीन भएका छन् ।

    त्यस्तै, स्थायी ठेगाना धनगढीमाई नगरपालिका सिराहाका आनन्दकुमार महतो, सिन्धुलीका प्रवीन पुर्जा, काठमाडौँमा  भएका राजेश शर्मा र प्रमिला पाठक पनि सम्पर्कविहीन भएका भन्दै खोजीका लागि आफन्तले प्रशासनमा निवेदन दिएको सहायक प्रजिअ बरालले बताउनुभयो । बेपत्ता भएकाहरु रोजगारी, तीर्थयात्रालगायत कामका लागि गएकाहरू रहेका आफन्तबाट जानकारी पाइएको प्रजिअ बरालले बताउनुभयो ।

    यसैगरी, जिल्ला प्रहरी कार्यालय कास्कीले कास्कीबाट रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित विभिन्न क्षेत्रमा रोजगारी, व्यापार व्यवसाय तथा अन्य कामकाजको सिलसिलामा गई विपद्पश्चात् हालसम्म आफन्तको सम्पर्कमा नआएका कोही भएमा हुलियासहित प्रहरीमा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan