अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित तीन जना पक्राउ
काठमाडौं : कैलाली, टीकापुरनगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही नगरपालिका-२ अस्नेरी बस्ने ३१ वर्षीय राजेश चौधरीलाईबिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा,झापा गाउँपालिका-१ लसुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७६ मिलिग्राम सहित २ जनालाई बुधबार राति प्रहरीले प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमाशिवसताक्षी नगरपालिका-२ बस्ने ३२ वर्षीय शंकर मलिक र २५ वर्षीय गणेश राजवंशी रहेका छन् । इलाका प्रहरी कार्यालय कुमरखोद समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेकोप्र.१-०१-००१ प ७५०६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
