Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीः ३५९ को शव फेला

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार |

काठमाडौँ, ११ भदौः रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीमा परी ज्यान गुमाउने ३५९ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार धादिङमा ३३ र नुवाकोटमा २८ जनाको शव फेला परेको हो ।

    त्यसैगरी, रसुवामा १७, गोरखामा ३०, नवपरासीपूर्वमा ८२, नवपरासी पश्चिममा १५, तनहुँमा २२ र  चितवनमा १३२ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म ७९६ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । 

    आज मात्रै उद्धारका लागि ६९ वटा हेलिकप्टर उडान भएका छन् । हालसम्म कुल ५० जना विदेशी नागरिकको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । साथै जमिनबाट हालसम्म ७५६ जनाको उद्धार गरिएको छ । प्राधिकरणका अनुसार बाढी प्रभावित जिल्लाहरु रसुवा र नुवाकोटका लागि रु एक÷एक करोड र धादिङलाई रु ५० लाख राहत उपलब्ध गराउने निर्णय गरेको छ । 

    प्रभावित क्षेत्रमा हालसम्म १० ट्रक राहत सामग्री पठाइएको छ । जसमा चाउचाउ, बिस्कुट, ‘स्लिपिङ ब्याग’, ‘म्याट्रेस’, ब्ल्याङ्केटलगायत छन् । प्रभावित क्षेत्रमा सञ्चार ‘सेट’हरू पनि पठाइएको छ । हेलिकप्टरबाट चार उडान गरी खाद्य तथा गैरखाद्य सामग्री पनि पठाइएको छ ।

    प्राधिकरणका अनुसार हाल ९१० जना सम्पर्कविहीन छन् । जसमध्ये नेपाल प्रहरीका २८, नेपाली सेनाका ४४, सशस्त्र प्रहरी बल नेपालका १३, भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका चार, रसुवाका १६१ र नुवाकोटका एक जना छन् । साथै विदेशी नागरिक ५१७ जना र नेपाल घुम्न आएका विदेशमा बस्ने नेपाली नागरिक १२७ जना सम्पर्कविहीन छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan