Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

दर कार्यक्रमका लागि जुटाइएको रकम बाढी पीडितलाई सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १३ शनिबार | (रासस)

म्याग्दी, १३ भदौः म्याग्दीको धवलागिरी गाउँपालिकाका छन्त्याल महिलाहरूले तीज पर्वको अवसरमा दरखाने कार्यक्रमका लागि सङ्कलन गरेको रकम भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि सहयोग गरेका छन् । धवलागिरी गाउँपालिका-१ गुर्जा र वडा नम्बर ५ मल्कवाङ घर भई हाल पोखरा बसोबास गर्ने छन्त्याल समुदायका दिदीबहिनीहरूले रु दुई लाख ‘प्रधानमन्त्री राहत तथा उद्धार कोष’मा जम्मा गरेका हुन् । 

    गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालमार्फत आज गुर्जाको चौतारे-बङ्गाले र मल्कवाङ-मलम्पारका घरम्जा थरका छन्त्याल दिदीबहिनीहरूले रु एक/एक लाख जम्मा गरेका हुन् । तीजको दरखानका लागि छन्त्याल दिदीबहिनीले जम्मा गरेको रकम सरकारमार्फत बाढी पीडितलाई सहयोग गरेका गुर्जाको चौतारे-बङ्गाले छन्त्याल महिला समूहका लक्ष्मी छन्त्यालले बताउनुभयो । 

    “देश विपद्मा परेर रोइरहेको समयमा हामीले रमाइलोका लागि आयोजना गरेको दरखाने कार्यक्रम पनि स्थगित गरेका छाैँ”, मल्कवाङ-मलम्पार घरब्जा महिला समूहका अध्यक्ष चिनाकुमारी छन्त्यालले भन्नुभयो, “दरखानका लागि सङ्कलन गरेको रकम प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरेका हौँ ।” 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan