Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीपीडितलाई आधिकारिक वेबसाइटबाट सहयोग गर्न प्रहरीको अनुरोध

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १३ शनिबार | (रासस)

पर्सा, १३ भदौः जिल्ला प्रहरी कार्यालय पर्साले हालको विपद्को अवस्थामा आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जालबाट मात्र सहयोग गर्न अनुरोध गरेको छ । 

    कार्यालयले आज सूचना जारी गरी विभिन्न व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ वा ‘प्रधानमन्त्री राहत कोष’ को नाम प्रयोग गरी व्यक्तिगत बैङ्क खाता वा ई-वालेटमा रकम माग्ने तथा फर्जी राहत माग्ने कार्य भइरहेकाले यसबाट बच्न आधिकारिक वेबसाइट वा प्रमाणित सामाजिक सञ्जालबाट मात्र सहयोग गर्न अनुरोध गरेको हो । 

    कसैले विपद् राहतको नाममा स्क्यान गरेको वा गर्न खोजेको शङ्का लागेमा नजिकको प्रहरी कार्यालय वा साइबर ब्यूरोमा तुरुन्त सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan