Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मधेश प्रदेश प्रमुखद्वारा दुःख व्यक्त, दुखद् समयमा समन्वय गर्न अपिल

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १२ शुक्रबार | (रासस)

जनकपुर, १२ भदौः मधेस प्रदेश प्रमुख सुरेन्द्रलाभ कर्णले रसुवामा गएको विनासकारी बाढीबाट ठूलो जनधनको क्षति भएकाप्रति आफू अत्यन्त मर्माहत र दुःखी भएको बताउनुभएको छ ।

प्रदेश प्रमुख कार्यालयद्वारा आज अपिल जारी गर्दै  “यस प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण नागरिकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । साथै, घाइते हुनुभएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु”, भनिएको छ ।

प्रदेश प्रमुख कर्णले सङ्कटको यस कठिन घडीमा नेपाल सरकार, सुरक्षा निकाय, राष्ट्रिय, अन्तरराष्ट्रिय क्षेत्र तथा केन्द्रीय विपद् व्यवस्थापन संयन्त्रहरूले देखाएको तत्परता, प्रभावकारी उद्धार र राहत कार्यका लागि प्रसंशा गर्दै यस कार्यमा निरन्तरता र उपयुक्त तालमेलको अपेक्षा गरेको बताउनुभएको छ ।

उहाँले हाल मधेस प्रदेशमा बाढीको प्रत्यक्ष प्रभाव नरहे पनि वर्षाको मौसम र नदीहरूमा जलस्तरको उतारचढावलाई मध्यनजर गर्दै सम्पूर्ण प्रदेशवासीलाई आवश्यक पूर्वसतर्कता र सजगता अपनाउन आग्रह गर्नुभएको छ । साथै, प्रमुख कर्णले देशका प्रभावित क्षेत्रका पीडित दाजुभाइ तथा दिदीबहिनीहरूका लागि आवश्यक सहयोग र राहतमा हातेमालो गर्न प्रदेशका सम्पूर्ण सामाजिक सङ्घसंस्था, नागरिक समाज र स्वयंसेवकहरूमा अपिल गर्नुभएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan