Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘कोशी कटान क्षेत्रमा तटबन्धका लागि आवश्यक सहयोग गर्ने’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार | (रासस)

विराटनगर, ११ भदौः कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सुनसरीको बराहक्षेत्र नगरपालिकामा कोशी नदीले कटान गरेको स्थलमा तटबन्धका लागि आवश्यक सहयोग गर्ने बताउनुभएको छ ।

    मुख्यमन्त्री कार्कीले बराह क्षेत्र नगरपालिका–९ र ६ मा भइरहेको कटान र त्यसले पारेको प्रभावका बारेमा आज स्थलगत निरीक्षणका क्रममा सो कुरा बताउनुभएको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार विक्रम लुइँटेलले जानकारी दिनुभयो । उहाँले पछिल्लो समय नदी किनाराका बस्तीमा जोखिम बढ्दै गएकाले त्यस क्षेत्रका नागरिकलाई सुरक्षित र सतर्क रहन आग्रह गर्नुभयो ।

    कोशी प्रदेशका मन्त्री, प्रदेशसभा सदस्यहरू, स्थानीय प्रशासन तथा स्थानीय तहका जनप्रतिनिधिहरूको सहभागितामा अनुगमन निरीक्षण गरिएको हो । पछिल्लो समय कोशी नदीले उदयपुर क्षेत्रतिर धार परिवर्तन गर्न थालेपछि कोशी पारी रहेका बराह क्षेत्र नगरपालिका–९ र ६ वडा प्रभावित भएका छन् भने उदयपुरको बेलका नगरपालिका पनि प्रभावित बत्र पुगेको छ । 

    स्थानीय जनप्रतिनिधिहरुले अस्थायी तटबन्ध बनाउन नेपाली सेना र नेपाल प्रहरीको सहयोग तथा समन्वयका लागि पनि मुख्यमन्त्रीसँग आग्रह गरेका छ्न ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan