Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कर्णालीका तीन मन्त्रीद्वारा शपथ ग्रहण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार | (रासस)
newsabhiyan

कर्णाली, ११ भदौः कर्णाली प्रदेशका नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।

कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले आज भौतिक पूर्वाधार तथा सहरी विकासमन्त्री मिलन खड्का, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री जुम्कित लामा (कार्की) र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कल्याणी खड्कालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

प्रदेश प्रमुख जोशीले तीनै मन्त्रीहरुलाई नेपालको संविधानको धारा १७२ बमोजिम शपथ ग्रहण गराउनुभएको थियो ।

प्रदेश सरकारको नेतृत्व गरिरहेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले तीनै महिलालाई मन्त्री बनाएर पठाएपछि सरकारले पूर्णता पाएको छ ।

यही भदौ ३ गते सत्ता साझेदार दल नेकपा (एमाले)ले सामाजिक विकासमन्त्री जीतबहादुर मल्ल, आर्थिक मामिला तथा योजनामन्त्री टेकराज पछाई र जलस्रोत तथा ऊर्जा विकासमन्त्री कलबहादुर हमाललाई सरकारमा पठाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan