Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १५ सोमबार | रासस

 नारायणगढ (चितवन),१५ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत सामग्री सङ्कलन तथा व्यवस्थापन गर्न भरतपुरमा कक्ष स्थापना गरिएको छ । 

राहत सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका आधिकारिक बैंक खातामा समेत सहयोग जम्मा गर्न सकिने  र कतिपय सङ्घसंस्थाले जिन्सी सामग्रीसमेत सहयोग गर्न चाहेको बुझिएकाले राहत सामग्री सङ्कलन तथा व्यवस्थापनका लागि कक्ष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
 
कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङका अनुसार भरतपुर–१० स्थित चितवन उद्योग सङ्घको हलमा सोमबारदेखि राहत सहयोग सङ्कलन तथा व्यवस्थापन कक्ष सञ्चालन गरिन लागेको जानकारी दिनुभयो । मुग्लिन–काठमाडौँ सडकखण्डको कृष्णभीरमा सडक भासिएर सवारीसाधनको आवागमन पूर्णरूपमा रोकिएको अवस्थाका कारण राहत सामग्री ओसारपसारमा समस्या हुनसक्ने भएकाले सहयोग गर्न इच्छुक सङ्घसंस्था तथा व्यक्तिको सहजताका लागि कक्ष स्थापना गरिएको उहाँले बताउनुभयो ।
 
शव सुरक्षित 
 
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बगेर आएका  आइतवारसम्म  २७२ जनाको शव चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको त्रिशूली तथा नारायणी नदी तटमा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवहरूमध्ये हालसम्म १२ जनाको मात्र पहिचान भई आफन्तलाई बुझाइएको छ भने बाँकी शवहरूलाई भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधिबाट देवघाटमा सुरक्षित राख्न थालिएको हो  ।

नदी तटमा फेला परेका कूल २७२ शवहरूमा ६२ महिला, ११० पुरुष, सात बालक, छ बालिका र ८७ जना पहिचान खुल्न नसकेका (अन्य) छन् । यसमध्ये शनिवार ९६ र  आइतवार १०३ गरी कूल १९९ शव सुरक्षित रूपमा गाडिएका छन् । सनाखत भई आफन्तले बुझेका १२ शवमा भने ११ पुरुष र एक बालिका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan