Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

जयश्री फुड्सद्वारा बाढीपीडितका लागि २५ लाख सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १५ सोमबार |

नवलपुर (नवलपरासी), १४ भदौः भोटेकोशी बाढीबाट प्रभावित भएकाको उद्धार तथा राहतका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको जयश्री फुड्स प्रालिले सरकारको उद्धार कोषमा रु २५ लाख आर्थिक सहयोग गरेको छ । 

    प्रालिका सञ्चालक पवन अग्रवालले आज प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई रु २५ लाखको चेक हस्तान्तरण गर्नुभयो । जयश्री फुड्सले नगदसँगै एक किलोका पाँच हजार प्याकेट चिउरासमेत अर्थमन्त्रीलाई हस्तान्तरण गरेको उहाँले बताउनुभयो । 

    गैँडाकोटमा रहेको यस उद्योगले आफ्नो व्यवसायिक सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत विभिन्न समयमा जिम्मेवारी बहन गर्दै आइरहेको छ । बुधबार भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितहरूका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गरिएको बताउँदै सञ्चालक अग्रवालले आवश्यक परेको अवस्थामा सरकारलाई अन्य सहयोगसमेत उपलब्ध गराउने जनाउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan