Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार | (रासस)

काठमाडौँ, १४ भदौः भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ क्षेत्रमा रहेका जलविद्युत् सुरुङस्थलमा खोज तथा उद्धार कार्य सञ्चालन गर्न नेपाली सेनाको टोलीसँग मिलेर काम गरेको छ ।

    टोलीले नेपाली सेनासँग नजिकको समन्वयमा खोज तथा उद्धार कार्य जारी राख्ने यहाँस्थित भारतीय दूतावासले जनाएको छ । भारतीय सुरुङ उद्धार टोली शनिबार नेपाल आइपुुगेको थियो ।

    त्यस्तै, भारतबाट चौथो उडान ११ टन थप राहत सामग्रीसहित आज काठमाडौँ आइपुगेको छ । उक्त उडानमा राहत सामग्रीमा कम्बल, स्लीपिङ ब्याग, त्रिपाल, प्लास्टिक सिट र सरसफाइसम्बन्धी किटका साथै सुरुङ खोज तथा उद्धार कार्यका लागि आवश्यक उपकरणसहित थप प्राविधिक टोलीसमेत आएको थियो ।

    साथै ‘फरेन्सिक’ उपकरणसहित डीएनए विश्लेषणका लागि भारतीय फरेन्सिक विज्ञहरूको टोली पनि आजै नेपाल आइपुगेको छ । भारतका फरेन्सिक टोलीहरूले रसुवा बाढीमा ज्यान गुमाएकाको डिएनए नमुना विश्लेषणको कार्यका लागि नेपाल प्रहरीको केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा नेपाली विज्ञहरूसँग भेट गरेका छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan