Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पल्सर स्पोर्ट्स अवार्डः चार विधाका मनोनयन सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार | (रासस)

काठमाडौँ, १४ भदौः नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) पल्सर स्पोर्ट्स अवार्ड २०८२ का चार विधामा मनोनयनमा परेका खेलाडी र प्रशिक्षकको नाम सार्वजनिक गरिएको छ ।

    एनएसजेएफको खेलाडी छनोट समितिले आज वर्ष उत्कृष्ट पुरुष खेलाडी, वर्ष उत्कृष्ट महिला खेलाडी, वर्ष उत्कृष्ट युवा खेलाडी र वर्ष उत्कृष्ट प्रशिक्षकमा पाँच÷पाँच जनाको नाम सार्वजनिक गरेको हो । वर्ष पुरुष खेलाडीको मनोनयनमा नेपाली पुरुष क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह ऐरी, बक्सिङका चन्द्र थापा, एथ्लेटिक्सका सोमबहादुर कुमाल, करातेका प्रदीप बैजाली मगर र गल्फका सद्भाव आचार्य रहेका छन् ।

    यस्तै, वर्ष उत्कृष्ट महिला खेलाडीको मनोनयनमा फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’, करातेकी एरिका गुरुङ, सबिना श्रेष्ठ र सानुमाया थिङ तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठ मनोनयनमा परेका छन् ।  

    वर्ष युवा खेलाडीको मनोनयनमा बक्सिङका अर्पिल राना, करातेका रेहान जाबेद र मनिषाकुमारी बोहरा तथा बुद्धिचालका पुरुषोत्तम सिलवाल र क्रिकेटका रौनक श्रीवास्तव परेका छन् । वर्ष प्रशिक्षकतर्फको मनोनयनमा बक्सिङका दीपक महर्जन, करातेका कुशल श्रेष्ठ र मण्डेकाजी श्रेष्ठ, क्रिकेटका स्टुअर्ट ल र नेत्रहीन महिला क्रिकेटका पुरनसिंह खत्री समावेश भएका छन् । तेइसौँ संस्करणको एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड यही भदौ १८ गते यहाँ आयोजना हुुँदैछ । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan