Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

चेम्बरद्वारा राहत सामग्री हस्तान्तरण

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार | (रासस)

काठमाडौँ, १४ भदौः नेपाल चेम्बर अफ कमर्सले रसुवास्थित भोटेकोशी बाढीबाट प्रभावितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । चेम्बरले आज नेपाल प्रहरीको विपद् प्रतिकार्य तथा तालिम केन्द्र सामाखुसीलाई ती राहत सामग्री हस्तान्तरण गरेको हो ।
 
        सरकारलाई तयारी पोसाक, चिउरा, बिस्कुट, सेनिटरी प्याड, मञ्जन, ब्रस, पञ्जा तथा मास्क, टिसर्ट, दाललगायत दैनिक आवश्यक सामग्री हस्तान्तरण गरिएको चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्राले जानकारी दिनुभयो । 

    यसअघि चेम्बरले नेपाल प्रहरीलाई १७ र विदुर नगरपालिकालाई दुई वटा ड्रोन तथा १२५ वटा पावर बैंक हस्तान्तरण गरेको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan