Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रसुवा बाढी पहिरो पीडितका लागि करिब ८ लाख रुपैयाँ बराबरको राहत सामग्री सहयोग

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार |
newsabhiyan

काठमाडौं, १४ भदौ । हिमालयन लाइफ इन्स्योरेन्समा कार्यरत कर्मचारीहरूले रसुवा जिल्लामा हालै आएको बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि करिब ८ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा लत्ता कपडा सहयोग गरेका छन् ।

विपद्बाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले कर्मचारीहरूबाट स्वेच्छिक रूपमा संकलन गरिएको खाद्यान्न तथा लत्ता कपडा नुवाकोटमा रहेको नेपाली सेनालाई हस्तान्तरण गरिएको हो । उक्त राहत सामग्री नेपाली सेनामार्फत रसुवाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा पु¥याइने छ ।

बाढी तथा पहिरोका कारण प्रभावित नागरिकको दैनिकी कष्टकर बनेको अवस्थामा उनीहरूलाई तत्काल सहयोग पु¥याउने उद्देश्यले हिमालयन लाइफका कर्मचारीहरूले आफ्नै पहलमा राहत सामग्री संकलन गरेका हुन् ।

विपद्को समयमा पीडित परिवारको साथमा उभिने मानवीय भावना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै कर्मचारीहरूले उक्त सहयोग गरेका हुन् ।

कर्मचारीहरूबाट संकलित राहत सामग्रीमा खाद्यान्न तथा आवश्यक लत्ता कपडा समावेश गरिएको छ । नेपाली सेनामार्फत प्रभावित क्षेत्रमा राहत सामग्री पु¥याइने भएकाले वास्तविक रूपमा प्रभावित परिवारसम्म सहयोग पुग्ने विश्वास गरिएको छ ।

हिमालयन लाइफका कर्मचारीहरूले विपद्को समयमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आवश्यक सहयोग र सहकार्यलाई आगामी दिनमा समेत निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

मानवीय संवेदना, सामाजिक उत्तरदायित्वर सहकार्यको भावनासहित गरिएको यस सहयोगले बाढी तथा पहिरोबाट प्रभावित रसुवाका परिवारलाई कठिन परिस्थितिमा केही राहत पुग्ने अपेक्षा गरिएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan