Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीपीडितका लागि बिवाइडी साइमेक्सले सात करोड सहयोग गर्ने

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार |

काठमाडौँ, ११ भदौः नेपालमा बिवाइडीका आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इंक. प्रालिसँगको सहकार्यमा बिवाइडीले हालै आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा जिल्ला लगायतका क्षेत्रमा राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु सात करोड योगदान गर्ने घोषणा गरेको छ ।

बाढीप्रभावित क्षेत्रका नागरिकले कठिन परिस्थितिको सामना गरिरहेको यस समयमा बिवाइडी र साइमेक्सले नेपाली जनता तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता र प्रतिबद्धता व्यक्त गर्दै उक्त सहयोग घोषणा गरेको हो । सहयोग रकम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत सरकारको आधिकारिक संयन्त्रबाट राहत तथा पुनःस्थापनाका कार्यमा परिचालन गरिनेछ ।

यो सहयोगबाट बाढी प्रभावित क्षेत्रमा सरकारद्वारा सञ्चालन भइरहेका उद्धार, उपचार, तत्कालीन राहत, पुनःस्थापना तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलगायतका कार्यमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । साथै, प्रभावित परिवार तथा समुदायलाई पुनः सामान्य अवस्थामा फर्किन र स्थानीय पूर्वाधार पुनर्निर्माण गर्न समेत सहयोग पुग्नेछ ।

हालैको बाढीका कारण रसुवा जिल्लामा ठूलो क्षति पुगेको छ । नेपाल र चीनलाई जोड्ने महत्त्वपूर्ण प्रवेशद्वारका रूपमा रहेको रसुवा मुलुकको व्यापारिक मार्गसमेत हो । नेपालमा बिवाइडीका सवारीसाधन आयात हुने प्रमुख व्यापारिक मार्गका रूपमा समेत यस क्षेत्रको विशेष महत्त्व रहेको छ ।

सहयोग घोषणा गर्दै बीवाईडी ग्रुपका उपाध्यक्ष तथा बिवाइडी एसिया प्यासिफिक अटो सेल्स डिभिजनका महाप्रबन्धक लिउ स्युएलियाङले नेपालमा हालै आएको बाढीका कारण भएको विनाश र जनताले भोग्नुपरेको कठिन अवस्थाप्रति बिवाइडी गहिरो दुःखी रहेको बताउनुभएको छ । उहाँले यस कठिन समयमा प्रभावित परिवार तथा समुदाय, उद्धारमा खटिएका टोली र घटनास्थलमा निरन्तर काम गरिरहेका सबैप्रति बिवाइडीको ध्यान र सहानुभूति रहेको उल्लेख गर्नुभएको छ ।

लिउले बिवाइडी नेपाली जनतासँग ऐक्यबद्ध भएर उभिएको र स्थानीय साझेदार साइमेक्ससँगको सहकार्यमा गरिएको यो सहयोगले सरकारका राहत तथा पुनस्र्थापनाका प्रयासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले उक्त सहयोगले प्रभावित समुदायलाई पुनःउत्थान तथा पुनर्निर्माणमा समेत सहयोग पुग्ने अपेक्षा रहेको बताउनुभएको छ । 

नेपालले कठिन परिस्थितिमा पनि उल्लेखनीय दृढता र सहनशीलता प्रदर्शन गर्दै आएको उल्लेख गर्दै उहाँले एकता र सामूहिक प्रयासमार्फत प्रभावित समुदाय अझ बलियो भएर पुनःउभिने विश्वास व्यक्त गर्नुभएको छ । नेपालमा बिवाइडीको आधिकारिक वितरक साइमेक्स इंक. प्रालिले देशमा दिगो विद्युतीय यातायातको विकास र विस्तारका लागि बिवाइडीसँग लामो समयदेखि सहकार्य गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan