Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशीको भीषण बाढीका कारण एन आई सी एशिया बैंकका तीन शाखा कार्यालय पूर्णरुपमा क्षति, कार्यरत सबै कर्मचारीहरु सुरक्षित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार |
newsabhiyan

काठमाडौं, १४ भदौ । भदौ १० गते रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण भएको ठूलो जनधनको क्षतिका कारण एन आई सी एशिया बैंकका तीन शाखा कार्यालयहरु पूर्णरुपमा क्षतिग्रस्त भएका छन् ।

साथै, प्रभावित क्षेत्रमा कार्यरत सबै कर्मचारीहरु हाल सुरक्षित स्थानमा रहनुभएको र आवश्यक परेमा कर्मचारीहरु र परिवारका सदस्यहरु सहितलाई हेलिकोप्टर मार्फत स्थानान्तरणको तयारी अवस्थामा बैंक रहेको छ ।

बाढीका कारण यस बैंकको रसुवा जिल्लास्थित स्याफ्रुबेशी शाखा र नुवाकोट जिल्लास्थित बेत्रावती शाखा कार्यालय रहेको भवन बाढीले बगाएको छ भने त्रिशुली शाखा कार्यालय पूर्णरुपमा क्षतिग्रस्त भइ माटोले पुरिएको अवस्थामा रहेको छ ।

उक्त शाखा कार्यालयहरु पूर्णरुपमा क्षति भएकाले अर्को व्यवस्था नभएसम्मको लागि बन्द रहने जानकारी समेत गराउँदछौं ।

आकस्मिक रुपमा आएको अकल्पनीय बाढीका कारण उक्त क्षेत्रमा भएको भौतिक एवं मानवीय क्षतिप्रति यस बैंक परिवार दुःख व्यक्त गर्दछ ।

साथै, उक्त बाढीमा परी ज्यान गुमाउनु भएका सम्पूर्णप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै यस दुःखद घडीमा परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस् भन्ने प्रार्थना गर्दछौं ।

हालसम्म सम्पर्कमा नआउनु भएका नागरिकहरुको सकुशल रुपमा छिटो उद्दार र उक्त घटनामा परी घाइते हुनुभएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan