Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भोटेकोशी बाढीका सात घाइतेको आइसीयुमा उपचार

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १३ शनिबार | (रासस)

काठमाडौँ, १३ भदौ : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा भोटेकोशी बाढीमा परी घाइते भएका सात जनाको आईसीयुमा राखेर उपचार भइरहेको छ ।

अस्पतालका प्रवक्ता डा गोपाल सेढाईंका अनुसार अस्पतालमा उपचाररत २९ जनामध्ये सात जनाको आईसीयुमा उपचार भइरहेको छ । उपचाररत छ जनालाई डिस्चार्ज गरिएको तथा एक जनाको उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो ।

अस्पतालका अनुसार आईसीयुमा उपचाररतमा अशोक श्रेष्ठ, बालबहादुर घर्ती, मीनबहादुर श्रेष्ठ, पवित्र कार्की, पेमा तामाङ, राजेन्द्र भट्ट र महेश्वर शाह रहेका छन् ।

त्यस्तै, उपचारपछि डिस्चार्ज हुनेमा गिरीलाल बुढाथोकी, कर्मा योन्जन नगरकोटी, निम दोर्जे शेर्पा, रुपक रोका, सुजन बस्नेत र सुशान्त श्रेष्ठ रहेका छन् । उपचारका क्रममा २५ वर्षीय कुशल मगरको मृत्यु भएको अस्पतालले जनाएको छ ।

अन्य घाइतेको अर्थोपेडिक, ईएनटी तथा अब्जरभेसन वार्डमा राखेर उपचार भइरहेको प्रवक्ता डा सेढाईंले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan