Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओखलढुङ्गामा हर्षोल्लासका साथ ढ्वाङकुम पर्व मनाइयो

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १२ शुक्रबार | (रासस)

ओखलढुङ्गा, १२ भदौ : ओखलढुङ्गाका वाम्बूले राई समुदायले आफ्नो मौलिक पर्व ढ्वाङकुम हर्षोल्लासका साथ मनाएका छन् । 

    जनैपूर्णिमाको अघिल्लो दिनदेखि सुरु भई आजसम्म मनाइने यो चाडको रौनक वाम्बुले राई बस्तीमा देखिएको थियो । विशेष गरी वाम्बूले राई समुदायको बाहुल्यता रहेको जिल्लाको उँबू, मोली, वाक्सालगायत ठाउँमा यो चाड धुमधामका साथ मनाउने गरिन्छ । वर्षेबाली पाकिसकेपछि पहिला प्रकृति र पितृलाई चढाउनुपर्छ भन्ने मान्यताअनुसार कूल देवता लिब्जू उपोको सामाथानमा विशेष पूजाआजा गर्ने ढ्वाङकुममा चलन रहेको वाम्बूले राई समुदायका शिशी नाक्सो भक्तराज राईले बताउनुभयो ।

    यो समुदायले शिशी, सिकारी, बुलु र ढ्वाङकुर्मो नाक्सोमार्फत प्रकृति र पितृलाई कागुनीको भात, कोदोको जाँड, मकैको झुत्ता, काँक्रा, भुटेको मासुलगायत वस्तु चढाउने गर्छन् । हरेक घरबाट थुन्चेमा विभिन्न सामग्री बोकेर ढ्वाङ्कुमटारमा पुगेपछि घर परिवार र आफन्त भेटघाट तथा नाचगान गरेर रमाइलो गर्ने चलन रहेको छ । ढ्वाङकुम चाडमा खानपान र भेटघाटसँगै मौलिक ढङ्गको रमाइलो हुने गरेको स्थानीय परान राईले जानकारी दिनुभयो ।

    ढ्वाङकुम चाडकै अवसरमा यसवर्ष तीनदिने ढ्वाङकुम महोत्सवसमेत आयोजना गरिएको छ । ढ्वाङकुम चाडलाई अझ बृहत र आकर्षक बनाउने उद्देश्यले महोत्सव आयोजना गरिएको महोत्सव आयोजक मूल समितिका अध्यक्ष कल्याण राईले जानकारी दिनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan