Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

धितोपत्र सम्बन्धी ऐन र बीमा ऐन सम्बन्धी कसुरमा संलग्न तीन जना पक्राउ

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १२ शुक्रबार |

काठमाडौं : धितोपत्र सम्बन्धी ऐन र बीमा ऐन अन्तर्गतको कसुरमा संलग्न रही फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा ललितपुर खाछें बस्ने हिमालय सेक्युरिटी बैंकर लिमिटेडका संचालक अध्यक्ष ६३ वर्षीय दिपक कुमार श्रेष्ठ, काठमाडौं महानगरपालिका-११ बस्ने हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडका लगानी संयोजक ४३ वर्षीय सुमेर शम्शेर जबरा र दक्षिणकाली नगरपालिका-३ घर भएका हिमालयन रिईन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ३९ वर्षीया उपसना पौडेल रहेका छन् । 

केन्द्रीय अनुसन्धान ब्यूरो काठमाडौंबाट खटिएको प्रहरीले सुमेरलाई काठमाडौं महानगरपालिका-११ थापाथलीबाट बुधबार तथा दिपक कुमारलाई ललितपुर, ललितपुर महानगरपालिका-१५ हात्तीवनबाट र उपसनालाई काठमाडौं बबरमहलबाट शुक्रबार पक्राउ गरेको हो । पक्राउ मध्ये दिपक कुमार र सुमेर धितोपत्र सम्बन्धी ऐन र बीमा ऐनमा तथा उपसना बीमा ऐन सम्बन्धी कसुरमा संलग्न रही फरार रहेका थिए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan