Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ग्रिनकार्ड त्यागेर आउन तयार छु - दर्शन रोनियार

न्यूजअभियान | प्रकाशित मिति : २०७२ चैत १४ आइतबार |
newsabhiyan

काठमाडौं  । नेपाली मूलका अमेरिकी राजनीतिकर्मी दर्शन रौनियारले ‘नयाँ नेतृत्व र नयाँ विचार’को नाराका साथ अब आफू नेपाली राजनीतिमा आउने बताउनुभएको छ ।

रौनियारले नेपाली साथीहरूसँग मिलेर वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने आफ्नो ध्येय भएको  साझा भिजन कुराकानीमा बताउनु भयो ।

गत वैशाख १२को ‘गोरखा भूकम्प’पछि नेपाल आई २५ जिल्लाका गाउँ र नगरमा उहाँले आफ्नै खर्चमा राहत पनि वितरण गर्नुभयो । “मैले जनतामा निकै निराशा, पीडा र आक्रोश पाएँ, उनीहरूले नयाँ नेतृत्व चाहेका छन्” उहाँले भन्नुभयो, “हामी सुनको पसलमा बसेर भीख मागिरहेका छौँ, यो रोकिनुपर्छ, अब राजनीतिक स्थायित्व ल्याएर विकास फैलाउनु जरुरी छ ।”

नेपाली जनता निकै स्वच्छ, सुशील र निर्दोष रहेको तर यहाँ निकै शोषण भइरहेको आफूले पाएको बताउँदै उहाँले सरकारले जनतालाई न्यूनतम रूपमा गाँस, बास र कपासको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।

उहाँले सरकारले पूर्वाधार निर्माण र वातावरण तयार गरिदिनुपर्ने र यहाँका राजनीतिक दल, नेता, उद्यमी, र युवामा देखिएको अन्योल नै पहिले चिर्नुपर्नेमा जोड दिनुभयो ।

“नेपाल सरकारले एक पटकको नेपाली सधैँको नेपाली भन्ने मागलाई मान्यता दिनुपर्छ, गैरआवासीय नेपालीलाई पनि बिनासङ्कुचन राजनीतिक अवसर दिनुपर्छ, एक्काइसौँ शताब्दीमा सरकारले खुला मन राख्नुपर्छ” हालै यहाँ गठित मुभमेन्ट फर चेन्ज(एमफरसी)का संयोजक रौनियारले भन्नुभयो,“ विदेशमा बस्ने नेपालीलाई पनि राजनीतिक अधिकारसहित नागरिकता र मताधिकार दिनुपर्छ, ।”

एमफरसीले जन्मेदेखि नै सरकारबाट नागरिकता, नवजात बालिबालिकादेखि ५ वर्ष उमेरका बालबालिका र तिनका आमालाई निःशुल्क स्वास्थ्य, ५–२० वर्षका बालबालिका र किशोरलाई निःशुल्क शिक्षा, २०–४० वर्षका युवालाई रोजगारीको वातावरण सिर्जना र बुढेसकालमा सामाजिक सुरक्षाभत्ता दिलाइदिनका लागि दबाब दिने बताउँदै त्यति उपलब्ध भएमा जनताले आफैँ मिहिनेत गरी उन्नति गर्ने विश्वास व्यक्त गर्नुभयो ।

“अब म अमेरिकाको विलासी जीवन छाडेर मातृभूमिको सकारात्मक परिवर्तनका लागि भूमिका खेल्छु, , नेपाललाई संसारकै प्राङ्गारिक खेतीको मुलुक बनाउन चाहन्छु, यहाँको जलस्रोत, पर्यापर्यटन र कृषि पर्यटनमा सम्भावना खोज्नुपर्छ, म स्पष्ट दृष्टिकोणसहित बलियो नेतृत्व खोजिरहेको सार्वभौम नेपालको मागलाई परिपूर्ति गर्न चाहन्छु ।”उहाँले भन्नुभयो ।


बाकि तलको भिडियो मार्फत  हेर्नुहोस् / सुन्नुहोस् ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan