Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

एसियाड टेबल टेनिस टोलीलाई हेराल्डको प्रोत्साहन

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार |
newsabhiyan

काठमाडौं भदौ १४ गते । आईएनजी ग्रुपको हेराल्ड कलेजले २० औं एसियाली खेलकुदमा सहभागी हुने टेबलटेनिस टोलीलाई आइतबार प्रोत्साहन स्वरुप ट्राभलिङ किट्स प्रदान गरेको छ । सुटकेस, टिसर्ट र ब्याग प्रदान गरिएको हो ।

हेराल्डका एकेडेमिक हेड विराज दुलालले ६ खेलाडी र १ प्रशिक्षक गरी ७ जनालाई किट्स हस्तान्तरण गरे । असोज ३ देखि १८ गतेसम्म जापानको आइची÷नागोयामा हुने २० औं एसियाडमा समान ३–३ पुरुष÷महिला खेलाडीको नेपालको चुनौती पेश गर्ने छन् ।

पुरुषमा संयोग कपाली, रुविन महर्जन र गनन्जय दाहाल तथा महिलामा नविता श्रेष्ठ, इभाना थापा र योङगी पौडेल सहभागी हुँदै छन् । संयोग र योङगी वर्तमान राष्ट्रिय च्याम्पियन हुन् ।

नौपटककी राष्ट्रिय च्याम्पियन नविताको यो लगातार पाँचौं एसियाड हुनेछ । संयोग, रुविन र इभाना दोश्रोपटक एसियाडमा सहभागी हुँदै छन् । योङगी र गनन्जयको ‘डेब्यु’ एसियाड हो । प्रशिक्षकमा मोहनदास बासुकला छन् ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan