ज्यस्नुलाई स्वर्ण
न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार |
काठमाडौं । एभीएमका जयस्नु महर्जनले १३ औं पूर्णमान वज्राचार्य खुला टेबलटेनिस प्रतियोगिताअन्तर्गत कलेजतर्फ पुरुष सिंगल्समा बिहीबार स्वर्ण जितेका छन् ।
सोही स्पर्धामा एभीएमकै प्रजिल भट्टराई दोश्रो तथा महेन्द्र रत्न क्याम्पसका हिमाल विष्ट र समृद्धिका सार्थक मानन्धर तेश्रो भए ।
यु–१६ गल्र्स सिंगल्समा सेन्ट मेरिजकी सुरम्य शाक्यले स्वर्ण, फ्युचर स्टारकी एम्रिन महर्जनले रजत तथा एभीएमकी अर्सना महर्जन र लिटिल एन्जल्सकी पमिला जोशीले कांस्य जिते ।
