Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पुस्तकालय दिवसको मूल समारोह स्थगित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १२ शुक्रबार | रासस


काठमाडौँ, १२ भदौः भोटेकोशी बाढीबाट सिर्जित परिस्थितिलाई मध्यनजर गर्दै यही भदौ १५ गतेका लागि तय भएको पुस्तकालय दिवसको मूल समारोह स्थगित भएको छ ।
 
देशका विभिन्न क्षेत्रमा बाढीबाट भएको जनधनको क्षतिका कारण उत्पन्न शोकपूर्ण अवस्थालाई ध्यानमा राख्दै मूल समारोह स्थगित गरिएको प्रचारप्रसार समितिका संयोजक राजेन्द्रप्रसाद पाण्डेयले बताउनुभयो । 

‘बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य’ भन्ने मूल नाराका साथ यस वर्षको पुस्तकालय दिवस देशभर विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाउने तयारी गरिएको थियो ।

दिवसका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिवको अध्यक्षतामा समिति गठन भएको थियो । पुस्तकालय दिवसका अन्य कार्यक्रमका सम्बन्धमा मन्त्रालयबाट कुनै निर्णय वा निर्देशन नआएको पाण्डेयले बताउनुभयो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan