Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पोखरा विश्वविद्यालयको परीक्षा स्थगित

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ ११ बिहीबार | (रासस)

नवलपुर (नवलपरासी), ११ भदौः गण्डकी प्रदेशमा रहेको पोखरा विश्वविद्यालयले सञ्चालन गरिरहेको वार्षिक परीक्षा स्थगित गरिएको छ । 

    यही भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीका कारण सिर्जना भएको विषम परिस्थितिलाई मध्यनजर गर्दै विश्वविद्यालयले लिइरहेको स्नातकतर्फको वार्षिक परीक्षा स्थगित गरिएको जनाएको छ । विश्वविद्यालयका परीक्षा नियन्त्रक राजु पाण्डेयले पोखरा विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयबाट सञ्चालन भइरहेको स्नातकतर्फको ‘स्प्रिङ २०२६’ अन्तर्गतको यही भदौ १३, १४ र १५ गतेको निर्धारित सम्पूर्ण विषयको परीक्षा स्थगित गरिएको जानकारी दिनुभयो । 

    परीक्षा नियन्त्रण कार्यालयले आज सूचना जारी गर्दै परीक्षा स्थगनको जानकारी गराएको हो । विश्वविद्यालयका अन्य पूर्वनिर्धारित परीक्षाहरु निर्धारित मितिमै हुने उल्लेख गर्दै परीक्षा नियन्त्रक पाण्डेयले स्थगित भएका परीक्षाको परीक्षा तालिका यथाशीघ्र प्रकाशन गरिने जानकारी दिनुभयो । 

    भोटेकोशीमा गएको बाढीका कारण बागमती प्रदेशसँगै गण्डकी प्रदेशका जिल्लाहरुमा समेत ठूलो क्षति पुगेको छ । प्रदेशका विभिन्न जिल्लाका तीर्थयात्रीहरु बाढीका कारण सम्पर्कविहीन भएका छन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan