Sunday 30th of August | २०८३ भदौ १४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तीजलाई लक्षित गर्दै आयो बिनोद ढकालको ‘झुम्का कस्तो छ’

न्यूजअभियान | प्रकाशित मिति : २०८३ श्रावण २४ आइतबार |
newsabhiyan


काठमाडौं । नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीज नजिकिँदै गर्दा तीज विशेष गीत सार्वजनिक गर्ने क्रम तीव्र बनेको छ। यसै क्रममा बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको नयाँ तीज गीत ‘झुम्का कस्तो छ’ सार्वजनिक भएको छ।


गीतमा शब्द तथा संगीत बिनोद ढकालकै रहेको छ भने गायिका सीमा नेपाली र रिया सुनारले स्वर दिएका छन्। कृष्ण लामिछानेको संगीत संयोजन रहेको गीतलाई हेमराज दांगीले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।


दिनेश सिंह ठाकुरीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा जुना कार्की, बिनोद ढकाल र जुनु रिमालको अभिनय रहेको छ। भिडियोको कोरियोग्राफी प्रेम दर्नालले गरेका छन् भने सरोज ठाकुरीले छायांकन तथा राजेश कुमारले सम्पादन र रङ संयोजन गरेका हुन्।

 

‘झुम्का कस्तो छ’ तीजको मौलिक संस्कृति, उत्सव र मनोरञ्जनलाई केन्द्रमा राखेर तयार पारिएको गीत हो। आकर्षक भिडियोसहित सार्वजनिक गरिएको गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण पक्षले जनाएको छ।

गीत बिनोद ढकालको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।


भिडियो हेर्नुहोस् :

 

https://youtu.be/BK0Lrn1JrZk?si=9ilI7XWiW6x1KP2H

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan