Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

त्रिशूली–३ ‘ए’ मा उद्धारको प्रयास जारी

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार |

काठमाडौँ, १३ भदौः सरकारले बाढीका कारण रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको टनेलभित्र फसेका नागरिहरूको उद्धारका लागि निरन्तर प्रयास भइरहेको जनाएको छ ।

नेपाली सेनाका अनुसार सुरुङको प्रवेशद्वारमा थुप्रिएको बाढी, लेदो तथा भग्नावशेष पन्छाएर भित्र प्रवेश गर्नका लागि उद्धार टोलीले खन्ने र बाटो बनाउने काम तीव्र रूपमा जारी छ । एक्साभेटर लगायतका विभिन्न उपकरण तथा औजारको प्रयोग गरी निरन्तर लेदो र भग्नावशेष पन्छाउने काम भइरहेको छ । 

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली प्राथमिकताका साथ खोजी तथा उद्धारमा जुटिरहेको छ । प्रतिकूल मौसम र भौगोलिक चुनौतीका बाबजुद संयुक्त टोलीले सुरुङको मुख खोलेर उद्धारकार्यलाई अघि बढाउन निरन्तर प्रयास गरिरहेको छ । सुरुङको प्रवेशद्वार नै पुरिएकाले लेदो हटाउने काम पूरा हुनासाथ टोलीभित्र प्रवेश गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan