Monday 31st of August | २०८३ भदौ १५ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाढीमा बेपत्ता भएका पर्साका दुई जना परिवारको सम्पर्कमा

न्यूजअभियान | प्रकाशित मिति : २०८३ भदौ १४ आइतबार |

पर्सा, १४ भदौः रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएका ३९ जनामध्ये दुई जना सम्पर्कमा आएका छन् । 

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार सम्पर्कविहीनमध्ये आज बिहानसम्ममा पोखरीया नगरपालिका–५ का ओ जिर अन्सारी र वीरगञ्ज महानगरपालिका बस्दै आएका सिन्धुलीका ज्ञानबहादुर थिङ सम्पर्कमा आएका छन् । 

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी पर्सा जिल्लाका सर्फराज मिया, साहबुदिन मन्सुरी, सर्ताज मिया, समीम मिया, राहुल मिया, उमेशप्रसाद, वीरकिशोर कुमार, रामकरण कुमार, विनयकुमार साह र सञ्जय साह सोनारलगायत ३९ जना बेपत्ता भएका छन् । 

हालसम्म भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१ जनामध्ये आजसम्म २२ जना परिवारको सम्पर्कमा आएका छन् ।

मधेस प्रदेशका विभिन्न जिल्लाबाट आफन्त  सम्पर्कविहीन भएका सूचना आउने थालेपछि प्रदेश प्रहरी कार्यालयले सम्पर्कविहीन भएकाको विवरण सङ्कलन गर्दै आएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan